झापा, असार २५ ।बिर्तामोड– ७ स्थित सुन्दर निचाझोडा सामुदायिक बनबाट चोरी तस्करी गरी लगिएको ६ वटा सखुवाका गोलिया बरामद गरिएको छ ।

हिजो बिहान साढे पाँच बजे बनबाट चोरी गरी बिर्तामोड– ३ स्थित प्रज्वल फर्निचरमा पुर्याएको अबस्थामा पिछा गर्दै गएका उपभोक्ताहरुले काठ फेला पारी डिभिजन बन कार्यालयलाई खबर गरेका थिए ।मे १ च ३०७९ नं को सेतो रंगको हात्ती गाडीबाट काठ अनलोड गरिसकेको अबस्थामा उपभोक्ताहरु पुगेका थिए ।
४३.३४ क्युविक फुट काठ बरामद गरी डिभिजन बन कार्यालयमा ल्याईएको र चोरी तस्करीमा संलग्नहरुको खोजी भइरहेको डिभिजन बन कार्यालयका सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् । सुन्दर निचाझोडा बनमा चोरी तस्करी बढेपछि उपभोक्ताहरुले गस्ती गर्न थालेको बन समितिका अध्यक्ष बद्री प्याकुरेलले बताए ।