झापा, असार २५ । एसईई परीक्षामा झापाका १२ जना विद्यार्थीहरुले ३.९५ देखि ४ जीपीए ल्याएका छन् । त्यसमध्ये दुईजनाले शतप्रतिशत अंक अर्थात ४ जीपीए ल्याएका छन् ।

एभरेष्ट बोर्डिङ स्कूल दमकका विवेक थापा र इमिनेन्ट कंचनजंघा इङ्लिस बोर्डिङ स्कूल गौरादहका धनबहादुर थापाले ४ जीपीए ल्याएका हुन् ।

त्यस्तै झापाका तीनजना विद्यार्थीहरुले ३.९६ जीपीए ल्याएका छन् । प्राविधिक धारतर्फ ३.९६ जीपीए ल्याउनेहरुमा पशुपति माध्यमिक विद्यालय बाह्रदशी– ३ राजगढका दुईजना रहेका छन् ।त्यस विद्यालयबाट यमन दाहाल र सुरक्षा भट्टराईले सो अंक ल्याएका हुन् । त्यस्तै आदर्श विद्या मन्दिर कन्काई– ९ घैलाडुब्बाकी अंकिता दवाडीले पनि ३.९६ जीपीए ल्याएकी छन् । त्यस्तै ३.९५ जीपीए ल्याउने ७ जना विद्यार्थी रहेका छन् ।

प्रज्ञा एकाडेमी भद्रपुरका विजय पाण्डे , विराटज्योति इङिलस स्कूल बिर्तामोडका भावना कार्की र डालिया पाठक , एमिनेन्ट कंचनजंघा इङ्लििस बोर्डिङ स्कूल गौरादहका अंकिता चौलागाँई र अनमोल शर्मा , बाल्मिकि एजुकेशन फाउन्डेसन बिर्तामोडकी योगिता निरौला र युनाइटेड इङिलस मेडियम सेकेन्डरी स्कूल बाहुनडाँगीकी दक्षिणा धमला विश्वकर्माले ३.९५ जीपीए ल्याएका हुन् ।

झापामा एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ७१९ जना रहेका छन् । जुन कुल विद्यार्थीको ४.६९ प्रतिशत हो ।

त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी २१४७ अर्थात १४.०१ प्रतिशत, २.८० देखि ३.२० जीपीए ल्याउने ३१३७ अर्थात २०.४७ प्रतिशत , २.४० देखि २.८० जीपीए ल्याउने ३२४१ अर्थात २१.४५ प्रतिशत, २ देखि २.४० जीपीए ल्याउने ३१०५ अर्थात २०.२६ प्रतिशत , १.६० देखि २ जीपीए ल्याउने २१७५ अर्थात १४.१९ प्रतिशत ,१.२० देखि १.६० जीपीए ल्याउने ६३५ अर्थात ४.१९ प्रतिशत ,०.८० देखि १.२० जीपीए ल्याउने २९ जना अर्थात ०.१९ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा २०७९ सालको एसईईमा १५ हजार ३२४ जना विद्यार्थीले परीक्षा दिएका थिए । झापामा गत वर्षको भन्दा यस वर्षको एसईई परीक्षामा राम्रो नतिजा आएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार वि.क.ले बताए ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्