बिर्तामोड, असार २६ । झापाको बिर्तामोडमा १९ बोेरा अवैध चिनीसहित पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान १० बजे बिर्तामोड नगरपालिका वडा नं. ५ मा चालकबिना रोकिराखेको प्र १–०१–००१ च ९९०१ नम्बरको पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा पिकअप गाडीभित्र ५० के.जी. दरको १९ बोरा चिनी अन्दाजी मूल्य रु ७०हजार बराबरको फेला परेको थियो ।

चिनी र उक्त पिकअप गाडी अन्दाजी मूल्य ८लाख बराबरको समेतगरी जम्मा ८ लाख ७० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्