झापा, असार २७ । नेपाली काँग्रेसका अग्रज नेता डिल्लीप्रसाद सिटौलाको स्वास्थ्य ठीक नभएपछि भारतको सिलिगुडी लाने तयारी गरिएको छ ।

बिर्तामोड ३ निवासी ८८ वर्षिय सिटौलालाई सोमवार बेलुकादेखि बिर्तासिटी हस्पिटलमा भर्ना गरिएको छ । ज्वरो आउने , काम्नेजस्ता समस्या भएपछि उनलाई बिर्तासिटीमा भर्ना गरिएको थियो । दुई दिनसम्म पूर्ण निको नभएपछि थप उपचारका लागि भारतको सिलिगुडी लाने तयारी गरिएको संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले बताए । पायल्सको समस्या भएपछि उनले केही दिनअघि सिलिगुडीमै त्यसको उपचार गरेका थिए । त्यसपछि उनलाई ज्वरोको समस्या देखिएको शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्