झापा, असार २७ । धनकुटामा जगंली जनावरको आतंक बढेको छ ।

ब्वाँसो जस्तो देखिने जनावरको टोकाइबाट मंगलबारमात्रै धनकुटा नगरपालिका-५ र ७ मा १२ जना घाइते भएका छन् । बालमन्दिर टोलमा पानी लिन कुवामा गएकाहरु जनावरको आक्रमणमा परेका हुन् । सितलपाटीमा पनि घरघरै गएर स्थानीयलाई टोकेको छ । घाइतेहरुको धनकुटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस अघि भिरगाउ, चुरेघाटी र देब्रेबास क्षेत्रमा पनि ७ जनाभन्दा बढी स्थानीय घाइते भएका प्रहरीले जनाएको छ । जंगली जनावरको आक्रमण बढेपछि धनकुटा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्