झापा, असार २८ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका ४० वर्षीय युवराज राईको करेन्ट लागेर मृत्यु भएको छ ।

त्रियुगा नगरपालिकामा सडकलाइनको बत्तीमा करार पदमा काम गदै आएका राईको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
४ नम्बर वडाको फर्सेटस्थित सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

यता इलाम फाकफोकथुम– ४ फुएतप्पामा करेन्ट लागेर गोरु मरेको छ । मध्यान्ह १२ बजे खेतमा किसान शेरबहादुर श्रेष्ठले जोतिरहेको अवस्थामा करेन्ट लागेर गोरू मरेको हो । छिमेकी तुलसी श्रेष्ठको खेतमा खेताला गएका किसान श्रेष्ठले जोत्दै जाँदा खेतनजिक थावा खोला लघु जलविद्युत ‘ख’ को करेन्ट लागेको हो । खेतको बीचमा रहेको पोलमा बिद्युत सर्ट भएर जोतिरहेको गोरू मरेको प्रत्यक्षदर्शी गोविन्द श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्