झापा , असार २९ । धिमाल जातिहरुको साझा जातीय संस्था २०४७ धिमाल जाति विकास केन्द्रमा आबद्ध १०५ गाउँ टोल समितिहरुलाई सचेत गराउँदै सचेत धिमाल युवा समाज समूहले जातीय संस्थाप्रतिको दायित्व बोध गराउने विभिन्न रचनात्मक कार्य गर्दै आएको छ

नेपाल सरकार मन्त्रिपरिषदबाट धिमाल जातिको उत्थान र विकासको लागि मोरङको मंगलवारेमा प्राप्त भएको १० बिघाको परियोजनास्थलमा सचेत धिमाल युवा समाज समूहले स्थापनाकालदेखि नै विभिन्न समुदायगत जागृति कार्यक्रम गर्दै आएको छ । ४ बर्षअघि स्थापना भएको समूहले गत असार १५ गते मानव सेवाको निमित्त धिमाल जाति विकास केन्द्रलाई एम्बुलेन्स सौजन्य गर्ने निर्णय गरेको छ । सो निर्णयसहितको पत्र जातीय संस्थाका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमाललाई हस्तान्तरण गरिएको समूहका संयोजक हरि नुनिया धिमालले बताए । ‘सम्भवतः जातीय संस्थालाई आफ्नैहरुबाट स्वतस्फूर्त अन्य दातृ संस्थाझै एम्बुलेन्स सौजन्य गर्ने प्रस्ताब अगाडि सारेको पहिलो नै हो ’ संयोजक धिमालले भने, ‘गर्न खोज्दा गर्दा के हुँदैन र ?’

सचेत धिमाल युवा समाज समूहले हातेमालो अभियान नै संचालन गरेको छ । २०७७ सालमा स्थापना भएदेखि नै एकमात्र गौरबशाली जातीय संस्था धिमाल जाति विकास केन्द्र र संस्थाको परियोजनास्थल १० बिघामै केन्द्रित रहेर समूहले विभिन्न गतिबिधि गर्दै आएको जनाइएको छ । जातीय संस्थासंग समन्वय गरेर कार्यालय प्रयोजन सामग्री वितरणदेखि बृक्षरोपन,भवन मर्मत सम्भार ,रंगरोकन आदि सहयोग गर्दै आएको संयोजक धिमालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्