गौरीगञ्ज, असार ३० । चार्जमा रहेको मोबाइल फोन उठाउनेक्रममा करेन्ट लागेर झापाको गौरीगञ्ज– १ मा एक महिलाको मृत्यु भएको छ ।

गौरीगञ्ज १ टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी श्रीमती ५५ वर्षिया शिला बुढाथोकीको बिहीवार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन उठाउने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा काम गरेर घर फर्केको अबस्थामा चिसो हातले छुदा करेन्ट लागेको जनाइएको छ । सोही साँझ ६.३० बजे मृतकको शवको कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्