भद्रपुर, असार ३० । नेपाल परिवार नियोजन संघ झापाको सभापति पदमा दोस्रो कार्यकालका लागि पुनः लोकनाथ भट्टराई बुइँपाली निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा प्रतिष्पर्धी गणेशप्रसाद पोखरेललाई ९३ मतले पराजित गरी भट्टराई दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भट्टराईले ३१२ मत ल्याउँदा पोखरेलले २१९ मत पाएका छन् । संघको झापा शाखामा ७७५ जना आजीवन र साधारण सदस्य रहेकोमा ५३३ मत खसेको थियो । त्यसमध्ये २ मत बदर भएको निर्वाचन समितिका संयोजक सुरज खत्रीले बताए । अन्य पद यसअघि नै निर्विरोध भइसकेको थियो ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्