झापा,असार ३० । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को नयाँ सञ्चालक समितिले पदभार ग्रहण गरेको छ ।

आठौँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा नयाँ सञ्चालक समितिले पदभार ग्रहण गरेको हो ।

२०७६ साउन १ गतेबाट कार्यभार सम्हालेको सातौँ सञ्चालक समितिले आजबाट औपचारिक रूपमा आफ्नो जिम्मेवारी नवनिर्वाचित सञ्चालक समितिलाई हस्तान्तरण गरेको छ ।
संस्थाका नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी,बरिष्ठ उपाध्यक्ष भगवती घिमिरे ,उपाध्यक्ष विष्णु गौतम,सचिव विकासप्रसाद उपे्रती र सह–सचिव अम्बिकाप्रसाद ढकालले पदभार ग्रहण गरेका हुन् ।
त्यस्तै सदस्यहरु राजु उप्रेती ,पवित्रा न्यौपाने ,हरिप्रसाद आचार्य,कुन्तादेवी खनाल,तोमप्रसाद भट्टराई ,सीताकुमारी श्रेष्ठ ,दुर्गाप्रसाद भट्टराई ,सावित्रा दाहाल भट्टराई, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनालीले पनि कार्यभार सम्हालेका छन् । त्यस्तै नवनिर्वाचित लेखा सुपरीवेक्षण समितिको संयोजक रचना दाहाल तथा सदस्यहरु फाल्गुनी दाहाल र एकेन्द्र उप्रेतीले पनि पदभार ग्रहण गरेका छन् ।

संस्थाको गत २०७९ पुष २ गते सम्पन्न साधारणसभाबाट गठित निर्वाचन समितिद्वारा सम्पन्न निर्वाचनमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन भएको थियो । पदस्थापन कार्यक्रममा सातौँ सञ्चालक समितिले आफ्नो कार्यकालको समीक्षात्मक प्रतिवेदन र निर्वाचन समितिले निर्वाचन प्रतिवेदन प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्