झापा , असार ३१ । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।

गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो।

महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए।
छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझाव दिएको छ।

सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए। घटनापश्चात् गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले थापालाई कप्तानबाट हटाएको संघले जनाएको छ। थापा आर्मी क्लबका खेलाडी पनि हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्