बिर्तामोड, असार ३१ । कार्वाहीमा परेका वडा सचिव विमल पोखरेलले बिर्तामोड ५ नं वडा कार्यालयमा ११ महिना काम गरिरहँदा ८४ दिन अनुपस्थित रहेको पाइएको वडा कार्यालयले जनाएको छ ।


पोखरेलले ११ महिना काम गरिरहँदा पुरै अनुपस्थित १४ दिन, आवश्यक अभिलेख लिई स्वीकृति बिनाको अनुपस्थिति १५ दिन र पुरै कार्यालय समयावधि नबसेको अनुपस्थित ५५ दिन गरी कूल ८४ दिन अनुपस्थित रहेको पाइएको वडा अध्यक्ष रोहित प्रसाईले बताए । वडा सचिव पोखरेलसंग कुनै पनि रिसिबी नभई उनीले नै हटाउनु पर्ने बाध्यता गराएको स्पष्ट पारे ।

वडा सचिव पोखरेललाई बिर्तामोड नगरपालिकाले कार्वाही गरिसकेपछि आजदेखि उनको ठाउँमा नगरपालिकाका कर्मचारी हेम गौतम खटिएका छन् । वडा सचिवले समयको पालना नगरेर वडाको दैनिक प्रशासनिक काम कार्वाहीमा असर परेको भन्दै वडाध्यक्ष प्रसाईले गत मंगलबारदेखि नगरपालिकाको कार्यालय अगाडी टेवल कुर्सी राखेर धर्ना दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्