झापा, असार ३१ । असार महिना सकिँदासम्म झापामा ६५ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्ष असार मसान्तसम्म करिव ७५ प्रतिशत रोपाइँ भएको थियो ।ढिलोगरी मनसून शुरु भएको र बीचमा बढी वर्षा भएका कारण रोपाइँमा ढिलाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार गत वर्षको तुलनामा दश प्रतिशत कम रोपाइँ भएको हो । समयमै वर्षा सुरु नभएको र बीचमा लगातार वर्षा भएकाले गत वर्षको तुलनामा कम रोपाइँ गर्न सकिएको उनले बताए ।

झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उनको भनाइ छ ।
जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्