झापा , साउन २ । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका श्रेष्ठलाई कप्तानमा नियुक्त गरेको हो । हरि थापा राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त भएपछि कप्तान पद खाली थियो । सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका उनले नेपालले खेलेको पाँचवटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्