बिर्तामोड, साउन २ । बिर्तामोडस्थित मनकामना कलेजको बीएड तेस्रो वर्षमा अध्ययनरत एक जेहेन्दार छात्राले झुन्डिएर आत्महत्या गरेकी छन् ।

इलाम सूर्योदय नगरपालिकाको लक्ष्मीपुर घर भएकी २४ वर्षिया संझना राईले बिहान ११ बजे बिर्तामोड १ स्थित आफू बस्दै आएको कोठामा पासो लागेर झुन्डिएर आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आफूले आफूलाई प्रमाणित गरेर देखाउनुपर्छ भनेर सामाजिक संजालमा उनले पोष्ट गरेकी थिइन् । मृतक संझना कलेजकै स्मार्ट ,खेलकुदमा दख्खल भएकी र जेहेन्दार विद्यार्थी रहेको हेड अफ डिपार्ट कुमार थपलियाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्