झापा , साउन ३ । कुवेतमा एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मानबहादुर भुजेलको मृत्यु भएको हो। कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए । उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटना बारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ । पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई उनले अनुरोध गरेकी छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्