झापा, साउन ३ । पाँचथरको सदरमुकाम फिदिम बजारनजिकै टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिवादेखि फिदिम आउँदै गरेको प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्पो दुर्घटनामा पर्दा ५५ वर्षीया हरिमाया तुम्रोकको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्युु भएको हो । दुर्घटनामा फिदिम ६ की बसन्ती लिम्बू, फिदिम ६ का सन्देश लिम्बू, फिदिम ७ का कुशल लिम्बू र चालक दीपक लिम्बू घाइते भएका छन् । उनीहरुको फिदिमस्थित समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला कार्यालय पाँचथरका अनुसार सिवाबाट फिदिमतर्फ आउँदै गरेको टेम्पो बुधबार बिहान साढे ९ फिदिम नगरपालिका १ समर्पित अस्पतालनजिकै दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्