झापा, साउन ४ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ ।

हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो।
सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो।
अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो। यो विभागको इतिहासकै ठूलो अपरेसन हो।

विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ,‘छापा मार्न संलग्न स्रोतले भन्यो, ‘भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको देखिन्छ ।’

सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट घोषणा गरेर सुनका ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बतायो । भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्