झापा, साउन ४ । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ।

कलाकार समेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले यस्तो निणर्य लिएको हो । कलाकार पल शाहलाई आफ्नो शोमा बोलाएर उनले बलात्कारलाई मजाकको विषय बनाएको आरोप लागेको छ । गत असार २३ गते प्रशारित उक्त शोमा छनोट गरिएका पत्रसँगको संवाद संस्थाको सम्पादकीय नीतिविपरीत रहेको टेलिभिजनले जनाएको छ । सोहीअनुसार उक्त सामग्री युट्युबबाट हटाइएको भन्दै टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमका उत्पादन र प्रशारण पूणर्त रोकिएको जानकारी गराएको छ । टेलिभिजनले भनेको छ, ‘गत असार २३, शनिबार प्रसारित “हृवाट द फ्लप” मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै “हृवाट द फ्लप” कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूणर्तः रोकिएको जानकारी गराउँछौं ।’ त्यसको साटो चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने पनि टेलिभिजनले जनाएको छ । नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई प्रस्तोता सन्दीपले अतिथिको रुपमा बोलाएका थिए । कार्यक्रममा उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्