झापा, साउन ४ । गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज वि.क. काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

गौरादह नगरपालिका वडा नं.१बस्ने ५१ वर्षिय वि.क.लाई स्थानीय जनप्रतिनिधि र प्रहरीको बिशेष समन्वयमा आज साँझ काकरभिट्टा क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र रिजालले बताए ।

स्थानीय मानिसहरुको रकम हिनामिना गरी गत असार १४ गतेदेखि सम्पर्कबिहीन भएका वि.क.माथि पीडितहरुको जाहेरी अनुसार असार २४गते ठगी मुद्दा दर्ता भएको थियो । उनी मलाई नखोज्नु भन्दै सम्पर्कविहीन भएका थिए । गत असार १५ गते वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा चिठी पठाएर उनी सम्पर्कविहीन बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्