भद्रपुर, साउन ५ । ४१ औं विपि स्मृति दिवसको अवसर पारेर भद्रपुरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

विपि स्मृति प्रतिष्ठानको आयोजनामा भद्रपुर नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा ग्यालेक्सी इङ्लिस स्कुलकी छात्रा अल्विना तामाङ प्रथम, वीरेन्द्र माविकी छात्रा दिक्षा खड्का द्वितीय र सिद्धार्थ शिशु सदनकी छात्रा दिपिका रेग्मी तृतीय भएका थिए भद्रपुर माविकी सविता राई र पुहाँतु जनज्योति माविकी तुलसा अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
२५ वटा निबन्धबाट छानिएका १० उत्कृष्ट प्रतियोगीबीच प्रतिष्पर्धा भएको कार्यक्रममा उत्कृष्ट निबन्धकारलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार चिन्तामणि दाहाललगायत प्रतिष्ठानका सहयोगी व्यक्तिलाई सम्मान गरिएको थियो । देवेन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रममा कवि हरिप्रसाद न्यौपाने, खगेन्द्रा खुसी, लता खरेललगायतले विपिको स्मरण गर्दै कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्