भद्रपुर, साउन ५ । बिहीवार राति ओमसाइ पाथीभरा अस्पताल भद्रपुरको परिसरबाटै मोटरसाइकल चोरी भएको छ ।

विरामी भेट्न कचनकवलबाट आएका महेन्द्र हजामले इमर्जेन्सी गेट अगाडि पार्किङ गरिराखेको प्र.१–०१–०१३प १५७७ नम्बरको १५० सिसिको पल्सर मोेटरसाइकल हेन्डल लक तोडेर चोरी भएको हो ।

बेलुकी ८ः४४ बजेको समयमा अस्पतालभित्र रहेको मोटरसाइकल सुरक्षाकर्मीले समेत अतोपत्तो नपाउनु र परिसरभित्रबाटै हराउनुले अस्पतालले क्षतिपूर्ति दिनुपर्ने पीडितको माग छ । सिसि टिभी फुटेज हेर्दा चोर्ने व्यक्ति बेलुकी ७ः२० बजेको समयमा अस्पताल परिसरभित्र प्रवेश गरेको र ८ः२९ बजे मोटरसाइकल लिएर बाहिरिएको देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्