झापा, साउन ७ ।झापाका आदिवासी जनजातिहरुले २९ औं विश्व आदिवासी दिवस आन्दोलनको रुपमा मनाउने भएका छन् ।

अगस्ट ९ अर्थात यही साउन २४ गते उनीहरुले लखनपुरस्थित आदिवासी रंगशालामा २९ औं विश्व आदिवासी दिवस मनाउने भएका हुन् । कोशी नाम खारेजीको आन्दोलन जारी रहेकाले आदिवासी दिवसलाई आन्दोलनकै रुपमा मनाउने निर्णय गरिएको आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।

हिजो बिर्तामोडमा भएको भेलाले दिवस मनाउनका लागि जनजाति महासंघका अध्यक्ष चौधरीको संयोजकत्वमा जातीय संस्थाका अध्यक्षहरु रहनेगरी मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै सचिवालय समितिसंगै प्रचारप्रसार उपसमिति, मंच व्यवस्थापन उपसमिति , आर्थिक संकलन उपसमिति , खेलकुद उपसमिति , अतिथि सत्कार उपसमिति गठन गरिएको महासंघका सचिव लक्ष्मण श्रेष्ठले बताए ।कार्यक्रममा महासंघका पदाधिकारीहरु , पूर्व अध्यक्षहरु भरतकुमार श्रेष्ठ , प्रेम घिसिङ , पारसमणि राई,नेवा देय दवुका रत्नकुमार श्रेष्ठ , गुरुङ राष्ट्रिय परिषदका टीका गुरुङ, महिला महासंघकी सनम राजवंशी , आदिवासी जनजाति महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्