झापा, साउन ७ । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा गएराति आगलागी भएको छ ।

आगलागीबाट दुई वटा भान्सा घर जलेको छ । कचनकवल- ५ पाठामारीस्थित मोटेबस्तीका सब्बीर आलम र मेहबुब आलमको भान्सा घर जलेको प्रहरीले जनाएको छ ।

मध्यराति १२ बजे सब्बीरको भान्सा घरबाट लागेको आगो फैलिएर मेहबुबको भान्सा घरसम्म पुगेको थियो । आगलागीको कारण भने खुलेको छैन । भान्सा घरमा रहेका खाद्यान्न र भाडावर्तन जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्