एजेन्सी । एक स्कुलको जिमखानाको छत खस्दा ११ जनाको मृत्यु भएको छ ।

चीनको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो । घटना चीनको उत्तरी-पूर्वी इलाकामा वर्षाका कारण भएको हो । अधिकारीका अनुसार दुर्घटनाका बेला १९ जना भित्र थिए । प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि समावेश छन् । यद्यपि, यसबारे औपचारिक रूपमा केही जानकारी आइसकेको छैन । प्रहरीले उक्त भवनका इन्चार्जलाई हिरासतमा लिएको छ । अधिकारीका अनुसार दुर्घटना हुँदा चारजना भने घटनास्थलबाट बाहिर निस्कन सफल भए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्