झापा , साउन ८ । बिर्तामोड नगरपालिका-७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ ।

थप अनुसन्धानका लागि प्रहरीले पोस्टमार्टमका लागि नाबालकको शव धरान घोपा पठाएको छ । बिर्तामोड-७ का वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार नाबालक रवि मियाका छोरा हुन् । नाबालकका बुबा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ । दश दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले जानकारी दिए । आमा सम्पर्क विहीन भएपछि बुबासँगै बस्दै आएका नाबालकको आज राति निधन भएको हो । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाटीमा धेरै कमिला देखिएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्