झापा , साउन ८ । झापाको झापा गाउँपालिकामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुने झापा गाउँपालिका-१ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल-भारत सिमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अन्दाजी १२ बजे बालक खेल्नेक्रममा पानीमा डुबेका थिए । उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो । बिर्तासिटी पुर्याइएका उनलाई अस्पतालले मृत घोषित गरेको हो ।