झापा , साउन ९ । पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परी एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा बिर्तामोड नगरपालिका-८ निवासी २४ वर्षीय युवराज अधिकारी रहेको प्रहरीले जनाएको छ । अधिकारी सवार प्रदेश ०१-०३-००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम-२ ओदिन नजिकै मङ्गलबार बिहान १ः४५ मिनेटमा दुर्घटनामा परेको थियो । मृतक प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत थिए । उनी चढेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो । उनी सामदिनदेखि फिदिमतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्