एजेन्सी । मेजर लिग सकरमा लियोनेल मेस्सीको दुई गोलको मद्दतले इन्टर मियामीले एटलान्टा युनाइटेडमाथि शानदार जीत हासिल गरेको छ ।

बुधबार भएको खेलमा मियामी ४-० गोलअन्तरले विजयी बनेको हो । मेस्सीले खेलको आठौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर रोबर्ट टेलरले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । दोस्रो हाफको सुरुवातमा टेलरले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे । खेलको अन्त्यतिर क्रिस्टोफर म्याकभेले रातोकार्ड पाएपछि मियामी १० खेलाडीमा सीमित बनेको थियो । मेस्सीले यसअघि आफ्नो डेब्यू खेलमा पनि गोल गरेका थिए । खेलको इन्जुरी समयमा गोल गर्दै उनले टोलीलाई क्रुज एजुलविरुद्ध २-१ को जीत दिलाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्