कुमरखोद ,साउन १० ।झापा गाउँपालिकामा कार्यरत स्थानीय तहका १२ जना कर्मचारीको बढुवा भएको छ ।

स्थानीय सेवा ( गठन तथा संचालन ) अध्यादेश २०८० तथा झापा गाउँपालिकाको तहवृद्धि सम्बन्धी कार्यविधि २०८० बमोजिम कार्यालयको असार २० र साउन १० गतेको निर्णयानुसार स्थानीय तहका कर्मचारीहरुलाई तहबृद्धि गरिएको हो ।

हिमाल मिश्र प्रशासन अधिकृत सातौं , जीवनप्रसाद ढकाल शिक्षा अधिकृत सातौ, विमश राई ईन्जिनियर अधिकृत सातौं , रामजी अधिकारी अधिकृत छैठौं , नारायणकुमार चम्लागाई सव–ईन्जिनियर पाँचौं , शैलेन्द्र उप्रेती सव–ईन्जिनियर पाँचौं , लोचन निरौला सि.अ.हे.व सहायकस्तर पाँचौ, टिकाराम गुरागाई सि.अ.हे.व सहायकस्तर पाँचौ, वविशा राउत सि.अ.न.मी. सहायकस्तर पाँचौ, जुना त्रिताल सि.अ.न.मी. सहायकस्तर पाँचौ, र कृष्णप्रसाद थपलिया कार्यालय सहयोगी चौथो श्रेणीमा बढुवा भएका हुन् । बढुवा भएका कर्मचारीहरुलाई तहवृद्धिको प्रमाणपत्र झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्