झापा, साउन ४ । करोडौंको ठगी गर्ने झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज वि.क.की श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गौरादह वडा नं १ स्थित घरबाट हिजो वि.क.की श्रीमती ४५ वर्षिया सुभद्रा वि.क.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले अनुसन्धानका लागि वि.क.की श्रीमतीलाई पक्राउ गरिएको जानकारी दिए । यसअघि ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी वि.क.गत साउन ४ गते साँझ काँकडभिट्टाबाट पक्राउ परेका थिए ।

स्थानीय मानिसहरुको रकम हिनामिना गरी गत असार १४ गतेदेखि सम्पर्कबिहीन भएका वि.क.माथि पीडितहरुको जाहेरी अनुसार असार २४गते ठगी मुद्दा दर्ता भएको थियो । उनी ‘मलाई नखोज्नु ’भन्दै सम्पर्कविहीन भएका थिए । गत असार १५ गते वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा चिठी पठाएर उनी सम्पर्कविहीन बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्