झापा, साउन ११ । उत्कृष्ट डिजाइनर र ड्रेससँगै उत्कृष्ट मोडलहरुको महाकुम्भ मेलाका रुपमा चिनिने रनवे ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शीर्ष उपाधि आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छन्।

मोडल संग्स नेपालको आयोजनामा सम्पन्न ग्रीष्मकालीन संस्करणको उक्त रनवेमा निणर्ायक तथा दर्शकको पहिलो रोजाइमा परेको सुवेदीको उत्कृष्ट सिर्जनाले उनलाई विजेताको उपाधि दिलाएको हो । नमुना कलेजकी रफिना महर्जन फर्स्ट रनरअप बनिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्