एजेन्सी । ट्विटरलाई खरिद गरेपछि व्यापक फेरबदल गरिरहेका एलन मस्कले नयाँ घोषणा गरेका छन् ।

हालै मात्र उनले ट्विटरलाई एक्समा रिब्रान्डिङ गरेका छन् । यसबीच मस्कले बिहीबार अब ट्विटर अथवा एक्स प्लेटफर्म डार्क मोडमा मात्रै उपलब्ध हुने बताएका छन् । ट्विट गर्दै मस्कले भनेका छन्, “यो प्लेटफर्म चाँडै अब डार्क मोडमा मात्रै उपलब्ध हुनेछ किनकी यो सबै तरिकाले ठिक छ ।” मस्कको यो ट्विटसँगै धेरैले डार्क मोडमा ट्विट पढ्न गाह्रो हुनसक्ने भनेर प्रतिक्रिया दिएका छन् भने, लाइट मोड पनि अप्सन राख्न आग्रह गरेका छन् । ट्विटरको एन्ड्रोइड एपमा पनि रिब्रान्डिङ भइसकेको छ । प्लेस्टोरमा ट्विटर अब एक्स भनेर उपलब्ध छ भने, अपडेटपछि एपमा एक्स देख्न सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्