झापा, साउन १२ । ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

खोटेहाङ गाउँपालिकाको सिम्पानीबाट रसुवा जाँदै गरेको ना ६ ट २४६६ नम्बरको ट्याक्टर मेर्ला भन्ने ठाउँमा दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका २२ वर्षीय पवन तामाङको मृत्यु भएको हो । बिहीबार दिउँसो करिब साढे १ बजेतिर भएको दुर्घटनामा घाइतेलाई एम्बुलेन्समार्फत धरान लैजाँदै गर्दा बाटैमा बिहीबार राति मृत्यु भएको खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले शुक्रबार बताए । उनको खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीस्थित अस्पतालमा पोस्टमार्टम गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्