झापा ,साउन १२ । केही दिनअघि एकजनाको महिलाको मृत्यु भएको झापाको बिर्तामोडमा डेंगी रोगको संक्रमण बढ्दै गएको छ ।

बिर्तामोड नगर अस्पतालमा साउन महिनामा मात्र १० जनालाई डेंगी संक्रमण पुष्टि भएको छ । नगर अस्पतालमा आएका विरामीको रगत परीक्षणका क्रममा साउन महिनामा मात्र ६ महिला र ४ पुरुषमा डेंगीको संक्रमण पुष्टि भएको अस्पतालकी ल्याव टेक्नोलोजिस्ट इशा राजवंशीले बताइन् । उनका अनुसार केही दिनदेखि लगातार डेंगीका विरामीहरु आउन थालेका छन् । यसअघि नगर अस्पतालमा असार महिनामा ५ जनामा डेंगी पुष्टि भएको थियो ।त्यस्तै बिर्तामोडका निजी अस्पतालहरुमा पनि डेंगीका बिरामी बढ्दै गएका छन् ।
साउनको पहिलो साता बीएण्डसी हस्पिटलमा २ , मनमोहन हस्पिटलमा ८ , बिर्तासिटी हस्पिटलमा २ र कन्काई हस्पिटलमा २ जनालाई डेंगी संक्रमण पुष्टि भएको हो । त्यस्तै असारको अन्तिम साता बीएण्डसी हस्पिटलमा ५ जनालाई डेंगी पुष्टि भएको थियो । यस वर्ष जिल्लामै पहिलोपटक बिर्तामोडमा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।बिर्तामोड– ५ बस्ने ४४ वर्षिया मदिना खातुनको गत बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्