झापा, साउन १३ । मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट राजश्व छलेर कन्टेनरसहित एक करोडको सामान भित्रिएको भोलिपल्ट भद्रपुर नाकाबाट पनि राजश्व छलेर लाखौंको सामान भित्रिएको छ ।

जुन सामान सशस्त्र प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । आज बिहान ८.१४ बजेको समयमा भद्रपुर नगरपालिका वडा न. ५ संगम चोकमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको ५ जनाको मोबाइल गस्ती टोलीले भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ज १८२१ नं. को पिकअपलाई चेकजाँच गर्दा अन्दाजी १८ लाख २४ हजार ७२४ मूल्य बराबरको १६ पोका कपडा बरामद गरेको थियो ।

शंकास्पद देखिएको त्यति मूल्यबराबरको सामान र ८ लाख मूल्यबराबरको गाडी आवश्यक अनुसन्धानको लागि राजश्व चुहावट नियन्त्रण कार्यालय ईटहरी सुनसरी पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्