एजेन्सी । टेलर स्वीफ्टको कन्सर्टले अमेरिकाको सियाटल सहरमा सानो भूकम्प नै गएको एक भूगर्भविद्ले जनाएकी छन् ।

उनका अनुसार कन्सर्टका दौरान २.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । गत जुलाई २२ र २३ मा एरास टूरको दौरान लुमेन फिल्डमा आयोजित कन्सर्टका दौरान यो तथ्यांक रेकर्ड गरिएको थियो । स्वीफ्टले करिब १ लाख ४४ हजार फ्यानका अगाडि प्रस्तुति दिएकी थिइन् । भूगर्भविद् ज्याकी काप्लान-औरब्याचले सो तथ्यांक स्वीफ्टको साउन्ड सिस्टम वा दर्शकहरुको कारणले गएको हुनसक्ने बताइन् । स्वीफ्टको कन्सर्टले यसअघि सियाटल सीहक र न्यु ओर्लियन्सबीचको खेलमा अमेरिकन फुटबल फ्यानहरुले सिर्जना गरेको भूकम्पको रेकर्ड पनि तोडेका छन् । त्यतिबेला मार्सन लिन्चले टचडाउन गर्दा समर्थकहरु उर्फेर २ म्याग्निच्युडको भूकम्प सिर्जना गरेका थिए । सांगीतिक कन्सर्टहरुमा यसअघि पनि भूकम्प सिर्जना हुने गरेका छन् । सन् २०११ मा फू फाइटरले न्यूजिल्याण्डमा कन्सर्ट गर्दा यस्तै सानो भूकम्प गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्