झापा , साउन १४ । मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका छन् ।

मदिरा सेवन गर्दै एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि निरौला विवादमा तानिएका हुन् । टिकटक लाइभमा युवतीलाई चुम्बन गर्दै गरेका पुरुष निरौला नै भएको दमक नगरपालिकाले समेत पुष्टि गरेको छ । नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा युवतीसँगै देखिएका पुरुष निरौला नै भएको जानकारी दिए । निरौलाले भने नगरपालिकाले उपलब्ध गराएको सरकारी निवासमा युवतीसँगै मदिरा सेवन गरेको भन्ने विषय गलत भएको जिकिर गरेका छन् । जन्मदिन मनाउने क्रममा काठमाडौंको एउटा होटेलमा उक्त कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । भिडियो कसरी बाहिरियो भन्ने विषयमा आफू जानकार नभएको उनले बताए । लाइभ भिडियोमा युवती समेत नशाले लट्ठ भएको देखिन्छ । आफ्नो क्वाटरमा केही नभएको भन्ने देखाउन आज बिहानैदेखि रङरोगन गरी प्रमाण नष्ट गराउन निरौलाले कामदार खटाएका बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्