झापा , साउन १४ । इलामको पर्यटकीय क्षेत्र अन्तुको एक होटलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका हुन् । प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा बिहान साढे ५ बजे मृत फेला परेका हुन् । पशुपतिनगर प्रहरीले मृतक पनि अन्तु घुम्न आएको उपमहानगरका कर्मचारीको टोलीमै रहेको उल्लेख गरेको छ । उनी सवारी चालक हुन् । तामाङ राति ११ बजेतिर साथीहरूसँगै सुतेको र बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । तामाङको मृत्युबारे उनको परिवारलाई सूचना गरिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्