झापा , साउन १४ । पाँचथरको हिलिहाङ-७ सल्लेरीमा टिपर पल्टिँदा मेची राजमार्ग अवरुद्ध भएको छ भने दुर्घटनामा २ जना घाइते भएका छन् ।

जोरपोखरीदेखि फिदिमतर्फ जाँदै गरेको प्रदेश ०१-०२००१ क ३८७४ नम्बरको टिपर आइतबार बिहान पल्टिएको हो । दुर्घटनामा टिपरका सहचालक संखुवासभा निवासी बिक्रम विश्वकर्मा सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताए । उनका अनुसार चालक भोजपुर षडानन्द-१३ का रिनछिरिङ तामाङ पनि घाइते भएका छन् । ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरु दुवैजनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्