झापा , साउन १६ । कनकाई नगरपालिका– ४ कोटीहोममा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

राति ८.३० बजेतिर कन्काई नगरपालिका ४ त्रिवेणी चौकस्थित भित्री सडकखण्डमा पिकअपको ठक्करबाट मे ३ प ७०७९ नं को मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका ४ कोटीहोम निवासी ३५ बर्षिय शम्भु लिम्बूको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । मोटरसाईकल चालक कन्काई ४ बस्ने सागर लिम्बू घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार मामा भान्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको पिकअप भ्यानले ठक्कर दिएको बताइएको छ । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्