झापा, साउन १६ । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरवासीको लागि इटहरी अस्पतालमा डेंगीको जाँच र उपचार निःशुल्क गरिदिने भएको छ ।

सोमबार कार्यपालिका तथा नगर सदस्यहरुसहितको बैठकमा मेयर हेमकर्ण  पौडेलले इटहरी अस्पतालमा डेंगी परीक्षण र उपचार खर्च निःशुल्क गरिदिने घोषणा गरेका हुन् । साथै उपमहानगरले डेंगी रोगविरुद्ध ’खोज र नष्ट’ अभियान चलाउने भएको छ । वडा तहसम्म अभियानलाई लैजान मेयर हेमकणर् पौडेलले स्वास्थ्य शाखा तथा इटहरी अस्पतालका कर्मचारीहरुलाई निर्देशन दिए । इटहरीमा डेंगीको महामारी हुन नदिन उपमहानगरले सतर्कता अपनाएको मेयर पौडेलको भनाइ छ । मेयर पौडेलले डेंगी नियन्त्रण गर्न सबै नगरबासी लागि पर्नुको विकल्प नभएको पनि बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्