झापा , साउन १८ । प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो।
यही साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशको पदमा नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए।