भद्रपुर,साउन २० । भद्रपुरको सीमावर्ती भारतीय बजार गलगलिया जाने नेपाली नम्बर प्लेटका सवारीसाधनमाथि लगाइएको रोक हटेको छ ।

भारतको सीमा सुरक्षा निकाय एस.एस. वी.ले केन्द्रीय निर्देशन भन्दै नेपाली सवारीसाधनलाई गलगलियासम्म जान लगाएको रोक शुक्रवारबाट हटाएको हो ।

भारतीय महावाणिज्य दूतावासले विशेष पास लिनुपर्ने भनी दिएको निर्देशन नेपाली पक्षको पहलमा हटेको छ । नेपाली नम्बर प्लेट भएका सवारीसाधनहरु विगतमा जस्तै गलगलिया रेल्वे स्टेशनसम्म निर्वाध जान पाउने गरीको सुविधा छ तर, सवारीधनीले गाडीको ब्लुबुक र लाइसेन्स अनिवार्य बोक्नु पर्नेछ । नेपालका एक अधिकारीले भने, ‘सवारीसाधनको ब्लुबुक र चालकको लाइसेन्स नभए दुःख पाउन सकिन्छ, आफ्नो अधिकार पत्र बोकेर मात्र भारतीय बजारसम्म सवारी लैजाने गरी सहमति भएको छ ।”यो सहमतिपछि शुक्रवारबाटै विगतमा जस्तै नेपाली सवारीहरु सीमावर्ती भारतीय वजार गलगलिया र नजिकको रेल्वे स्टेसनसम्म निर्वाध आउजाउ गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्