मेचीनगर, साउन २० । झापा जिल्लाभर प्रकाशनमा रहेका साप्ताहिक पत्रिकामा आबद्ध पत्रकारहरूको भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।


झापाको मेचीनगर–९ स्थित खुट्टीडाँगी वनको सिमसार क्षेत्रमा सम्पन्न भेलाले साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् ।
यसैगरी समितिको सदस्यहरूमा दिपक अधिकारी, विष्णु पौडेल, डम्बर बराल, सेलिङ केसी, लीला राई, तीर्थ तिम्सिना, इशा प्रधान निर्विरोध चयन भएका छन् ।
झापामा २४ वटा साप्ताहिक पत्रिका नियमित रुपमा प्रकाशन हुँदै आएका छन् । भेलाले साप्ताहिक पत्रिकालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, साप्ताहिक पत्रिकालाई सञ्चालन गर्न विधान मस्यौदा समिति बनाई काम अगाडि बढाउने निर्णय भएको छ । नवनिर्वाचित अध्यक्ष राजु पाठक संयोजक रहेको मस्यौदा समितिको सदस्यमा राजाबाबु शंकर, रेजिना गौतम, इन्दु पूर्वेली र लेखनाथ शिवाकोटी रहेका छन् ।

अग्रज पत्रकार लेखनाथ शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलामा साप्ताहिक पत्रिकाको अवस्था, चुनौति र सम्भावनाका विषयमा सहभागीले सुझाव राखेका थिए । कार्यक्रमको सञ्चालन झुलन रेग्मीले गरेका थिए ।
भेलापछि झापाली पत्रकार र खुट्टीडाँगी वन समूहबीच परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वन समूहका अध्यक्ष टंकबहादुर नेपालले सिमसार क्षेत्र पर्यटकका लागि रमणीय ठाउँ रहेको जानकारी गराए । खुट्टीडाँगी सिमसार मेचीनगरकै उत्कृट गन्तव्य मध्येको एक हो । वन समूहका कार्यालय सचिव राजु धिमालले खुट्टीडाँगी सिमसारमा भौतिक पूर्वाधार थप गरेर अझ व्यवस्थित गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्