झापा, साउन २१ । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ साढे ७ बजे झापाको झापा गाउँपालिका-४ मा प्रहरी चौकी टाँघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका साईकलयात्री ईलाम माङसेबुङ गाउँपालिका- ९ का ३० बर्षीय युवराज लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा साईकलको ह्यान्डलभित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै बिराटनगर महानरपालिका-१६ स्थित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०५२प ७५९६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा चालक बेलबारी ४ का ३३ बर्र्षीय सनम गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउनसुगर फेला पारेसंगै मोटरसाईकलसहित नियन्त्रणमा लिएको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्