एजेन्सी । नेपालमा जस्तै मित्रराष्ट्र बंगलादेशमा पनि डेंगु संक्रमण नियन्क्रण बाहिर गएको छ।

शुत्रबार र शनिबार बेलुकासम्मको २४ घण्टाभित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिब ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारीअनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८० डेंगु बिरामीहरु अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६५४ बिरामी उपचाररत छन् । डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य विज्ञहरुले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टे विरुध व्यापक अभियान चलाउन अधिकारीहरुलाई आग्रह गरेका छन्। बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरुले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ । यस्तै विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ । एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ । नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ। करिब ७२५३ डेङ्गुका बिरामी फेला परेका छन् जसमा कोशी प्रदेशमा सबैभन्दा बढी ५ हजार १ सय एक , वागमती प्रदेशमा १ हजार १७१, गण्डकी प्रदेशमा ३ सय ८९ र सुदूरपपिचम प्रदेशमा ३ सय ४२ जना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्