झापा, साउन २१ । बिर्तामोड– २ चैतुबारीका स्थानीय समाजसेवी तथा पूर्व जनप्रतिनिधि सतानुसिंह राजवंशीको आज साँझ निधन भएको छ ।

साविक चारपाने गाउँ विकास समितिको १२ वर्षसम्म वडाध्यक्ष रहेका राजवंशीको ६७ वर्षको उमेरमा साँझ ४.३० बजे घरमै निधन भएको हो । उनलाई पेट , दम र सुगरको समस्या रहेको थियो ।

पंचरत्न माध्यमिक विद्यालयका जग्गादाता राजवंशी त्यस विद्यालयको पूर्व व्यवस्थापन समिति अध्यक्ष र पूर्व पीटीए अध्यक्ष रहेका थिए । हाल उनी नवदुर्गा सामुदायिक केन्द्रका अध्यक्ष रहेका थिए । उनका श्रीमती , दुई छोरा, दुई बुहारी , एक छोरी, ज्वाइँ र नातिनातिना रहेका छन् । आफ्ना पिताको शवलाई भोलि बिहान १० बजे कन्काई माईमा अन्त्येष्टि गरिने जेठा छोरा मोहन राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्