झापा , साउन २१ । बिर्तामोड– ९ स्थित दुर्गा माध्यमिक विद्यालयले एक टेलिभिजनबाट प्रसारित अन्तर्वार्ताप्रति आपत्ति जनाएको छ ।

विद्यालयको खेलमैदानमा निर्माण भएको भवनका विषयमा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको विद्यालयले जनाएको छ । सो भवन कसैको जवरजस्तीमा नबनाई संघीय सांसद विकास कोष, प्रदेश सांसद विकास कोष, प्रदेश सरकार सामाजिक मन्त्रालय तथा राष्ट्रपति शैक्षिक सुधार योजनाबाट विभिन्न चरणमा योजना विनियोजन भई बिर्तामोड नगरपालिकाबाट नक्सा डिजाइन लागत इस्टिमेट अनुसार भवन निर्माण गर्न नगरपालिकासँग सम्झौता गरी निर्माण कार्यको लागत मूल्यांकन, अनुगमन, निर्देशनअनुसार निर्माण सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नगरपालिकाको अनुगमन समितिले अनुगमन मूल्यांकन गरी निर्माण कार्य सम्पन्न र योजना फरफारक भएको स्पष्ट पारिएको छ । साथै विज्ञप्तिमा सत्यतथ्य र यथार्थ कुरा पहिचान नगरी पूर्वाग्राही भई समाचार र अन्तर्वार्तामा प्रश्नहरु नराखी दिन आग्रह गर्दै स्थानीय सरकारको सकारात्मक सहयोग र भूमिकाको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्