झापा , साउन २४ । विराटनगर-१० का स्थायी बासिन्दा २५ वर्षीय सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेका छन् ।

सिराहाको मिर्चैया नगरपालिका-५ कटारी चोकस्थित होटेलको पछाडि आज बिहान उनको शव फेला परेको हो । भट्टराई स्टेशनरीका होलसेल व्यवसायी हुन् । उनले विराटनगरस्थित पाथीभरा कापी उद्योग सञ्चालन गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भट्टराईको शव होटेलको पछाडि शौचालय नजिक भेटिएको हो । विराटनगरबाट बुधबार बिहान सबेरै मृतकका आफन्त मिर्चैया पुगेका छन् । प्रहरीले शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने होटेलमा जडान गरिएको सिसी क्यामेराको फुटेज लगायतका प्रमाण हेरेर अनुसन्धान गरिने जनाएको छ । भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन् । उनको घाँटी सिक्री र पाइन्टको गोजीमा मोबाइल फेला परेको छ । भट्टराई हिजो बेलुका को.१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ गरी चालक सागर राईसँगै सहदेव होटेलमा खाजा र खान खाएपछि राति पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटेलमा गएको प्रहरीको दाबी छ । चालक राईले भने राति १ बजेतिर होटेलका सञ्चालकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्